
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ५९ अंकले घटेर २०७३ दशमलव १९ को विन्दुमा पुगेको छ ।
आइतबार ३१३ कम्पनीका ६९ हजार २ सय १९ पटकको कारोबारमा १करोड ४५ लाख २ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १५ अंकले घटेर ३६८ दशमलव १८ को विन्दुमा पुगेको छ । ९७ कम्पनीको सेयर भ्यालु बढ्दा १४७ वटाको घटेको छ भने तीन कम्पनी स्थिर रहेका छन् ।
१३ उपसमूहमध्ये पाँच वटा बढेका छन् भने ८ वटा घटेका छन् । आज सर्वाधिक बढ्नेमा होटेल र पर्यटन रहेको छ । जुन १५५ दशमलव ०९ अंकले बढेको छ । त्यस्तै, बीमा कम्पनी र माइक्रोफाइनान्सहरुले सर्वाधिक गुमाएका छन् ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३२ करोड ३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
त्यस्तै, यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २१ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने सिटि होटलको करिब १४ करोडको सेयर किनबेच भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij