Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

कोशी सरकार गठनविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

कोशी सरकार गठनविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

  • काठमाडौं । सुनुवाइका लागि सर्वाेच्च अदालतको पूर्ण इजलासमा पुगेको कोशी सरकार गठन विरुद्धको रिट आइतबार हेर्न नमिल्नेमा परेको छ ।

    images
    images
    images

    सर्वाेच्च अदालतले पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलास तोकेको थियो ।

    न्यायाधीश पोखरेलले कानुन व्यवसायी हुँदा गत भदौमा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा थापाको पक्षमा बहस गरेका थिए । त्यही कारण आइतबार कार्कीको रिट हेर्न नमिल्नेमा परेको हो ।

    २७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परे पनि विश्वासको मत परीक्षण नगरेका कारण २६ वैशाखमा स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुखले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    २७ वैशाखमा नै मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित केदार कार्की सर्वाेच्च अदालत पुगेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij