
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेर १ लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५ सय रूपैयाँ कायम भएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ३५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij