Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

विद्युतीय सवारीसाधानमा लगाइएको कर व्यवहारिक छ: अर्थमन्त्री पुन

विद्युतीय सवारीसाधानमा लगाइएको कर व्यवहारिक छ: अर्थमन्त्री पुन

  • काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विद्युतीय सवारीसाधानमा लगाइएको कर व्यवहारिक रहेको बताएका छन् ।

    images
    images
    images

    मंगलबार राष्ट्रियसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री पुनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र इन्धनको आयातको भन्सारबाट चालू आर्थिक वर्षमा कम्तिमा ४० अर्ब राजस्व गुमेको भन्दै विधुतीय सवारीसाधानको आयातमा १० प्रतिशत कर वृद्धि गर्ने निर्णय व्यवहारिक रहेको बताएका हुन् ।

    उनले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति कायमै रहेको जानकारी दिए । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बजेटले उच्च प्राथमिकतामा दिएको भन्दै उनले कार्बन उत्सर्जन गर्ने वस्तुहरुमा हरित कर सुरु गरिएको बताए ।

    उनले अतिकम विकसित मुलुकबाट विकसित मुलुकतर्फ नेपाल अघि बढिरहेको अवस्थामा अनुदान घट्दै जानु र ऋण बढ्दै जानु स्वभाविक रहेको धारणा राखे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij