
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३ सय रूपैयाँले बढेर १ लाख ४० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३९ हजार ८ सय रूपैयाँ कायम भएको छ ।
यस्तै, बिहीबार चाँदीको मूल्य भने तोलामा ३० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij