
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । सशस्त्र प्रहरीको इतिहासमा पहिलो पटक सगरमाथा आरोहण गरेका सुरज पौडेलको आरोहण दलको नेतृत्व गरेका मिङ्मा डेविड शेर्पालाई सम्मान गरिएको छ ।
गत शनिबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा आरोहण दलका शेर्पा र आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेललाई सम्मान गरिएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहालले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
सशस्त्र प्रहरीको इतिहासमै पहिलोपटक सगरमाथा आरोहण गरेका पौडेलललाई सो आरोहण दलको नेतृत्व गर्दै शेर्पाले सगरमाथाको सफल आरोहण गराएका हुन् ।
यही जेठ ७ गते सशस्त्र प्रहरी बलको प्रतिनिधित्व गर्दै पहिलो पटक सगरमाथा आरोहण गरेका पौडेललाई शेर्पाको इलाइड एक्सपेड कम्पनीले आरोहण गराएको हो ।
उक्त कम्पनीको प्रवन्ध निर्देशक रहेका शेर्पा विश्वको आठ हजार मिटर भन्दा अग्ला आठवटै हिमाल आरोहण गर्ने कान्छा आरोहीको कीर्तिमानी कायम गरिसकेका सफल आरोहीसमेत हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij