Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

गोरखामा नेपाल मगर संघको राष्ट्रिय सम्मेलन सुरु

गोरखामा नेपाल मगर संघको राष्ट्रिय सम्मेलन सुरु

  • काठमाडौं । गोरखामा नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन सुरु भएको छ । गोरखा संग्रहालय परिसरमा शनिबार  प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सम्मेलनको उद्घाटन गरेकी हुन् ।

    images
    images
    images

    दुई दिनसम्म चल्ने सम्मेलनमा सातै प्रदेश, ७७ वटै जिल्ला, ८ वटा भातृ संगठन र १५ भन्दाबढी वैदेशिक शाखाका प्रतिनिधिहरु सहभागी छन् ।

    सम्मेलनमा देशको सांस्कृतिक नीति, मगरात क्षेत्र विस्तार, प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणाको मागलगायतका विषयमा छलफल हुनेछ ।

    गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने विषयलाई पनि छलफल गरिने संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए ।

    सम्मेलनको उद्घाटनपूर्व झाकी र्‍याली निकालिएको थियो । हरमटारी खेलमैदानबाट सुरु भएको र्‍याली बिसौनी, बसपार्क, पदेली ठुलोआँगन हुदैं कार्यक्रम स्थल (गोरखा संग्रहालय परिसर) पुगेको हो । साँझ सांस्कृतिक कार्यक्रमहरु हुने बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij