Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

आजदेखि फेरि सहकारी पीडितले आन्दोलन गर्दै

आजदेखि फेरि सहकारी पीडितले आन्दोलन गर्दै

  • काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले ११ जेठदेखि फेरि आन्दोलन शुरु गर्ने भएका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयनन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।

    images
    images
    images

    देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन घोषणा गरेको हो । महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए ।

    ११ जेठमा माइतीघर मण्डलाबाट सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन शुरु गर्ने उनले बताए । सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उनले बताए । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक शुरु हुने उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij