
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौं । चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर सप्तरीदेखि पैदल यात्रा हिँडेको २३ जनाको टोली २५ औं दिनमा आज काठमाडौं आइपुगेको छ । उनीहरु वैशाख १७ देखि निरन्तर पैदलयात्रामा छन् ।
चुरे अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै जाँदा आफूहरु काकाकुल हुनु परेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादव जानकारी दिए ।
‘हाम्रो पहिलो माग नै चुरे र त्यहाँको वन जोगाउनुपर्यो भन्ने हो । अहिले दोहन र अतिक्रमणले गर्दा सबै पानीको स्रोत सुक्यो’, उनले अनलाइनखबरसँग भने ।
चुरेमा भूमिहीनका नाममा भूमाफियाहरुले कब्जा गरिरहेको र त्यसको मार आफूहरुले खेप्नु परेको यादवको भनाइ छ । ‘त्यो जग्गा सबै फिर्ता भएर वास्तविक भूमिहीन पहिचान गर्नुपर्यो । त्यसबाहेक त्यहाँ खुला चरिचरण, डढेलो नियन्त्रण गर्नुपर्यो’, उनले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij