Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

चोरीको मोटरसाइकलसहित पाँच जना पक्राउ

चोरीको मोटरसाइकलसहित पाँच जना पक्राउ

  • काठमाडौँ ।  झापा, इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले जेठ ८ गते चोरीका मोटरसाइकलसहित पाँच जनालाई पक्राउ गरी आज  सार्वजनिक गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा झापा कन्काइ नगरपालिका ४ बस्ने प्रियंक कँडेल, सोही ठाउँ बस्ने कृष्ण घिमिरे, नवीन बस्नेत, दीपक भुजेल र कनकाई नगरपालिका ३ बस्ने समिक चुँडाल रहेका छन् । 

    उनीहरूको साथबाट दुई वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij