Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

बानेश्वर-बबरमहल बाटोमा अब फल्चा बस बिसौनी

बानेश्वर-बबरमहल बाटोमा अब फल्चा बस बिसौनी

  • काठमाडौं  । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । बानेश्वर-बबरमहल सडकखण्डमा फल्चा शैलीमा २ वटा बस बिसौनी बनेका छन् ।

    images
    images
    images

    २ फल्चा बस बिसौनीमध्ये बानेश्वरबाट बबरमहल सडकखण्डमा बनेको बस बिसौनी सञ्चालनमा आएको काठमाडौं महानगरपालिका-१० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा बनेको बिसौनी असार महिनाभित्र सञ्चालनमा आउने उनले बताए । 

    नेवारी समुदायको संस्कृतिसँग जोडिएको फल्चा शैलीमा बनेका दुवै बस बिसौनी ६२ लाख रुपैयाँमा बनेको महानगरपालिकाले जनाएको छ । वडाध्यक्ष केसीले परम्परागत निर्माण सामग्री प्रयोग गरेर परम्परागत शैलीमै नमुना बस बिसौनी बनाएको जानकारी दिए ।

    वडा सचिव सुवोध खड्काले नमुना फल्चा बस बिसौनी निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको जानकारी दिए । बस्नका लागि काठकै मेच राखिएको र बिसौनीभित्र उज्यालोका लागि बत्ती पनि जडान गरिएको उनले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij