
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिङका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
धादिङको बद्री विशाल माध्यमिक विद्यालय र स्वर्णिम एकेडेमीका १८२ विधार्थीलाई स्टेशनरी सामान (जस्तै: कपि, कलम, पेन्सिल, पेन, आदि) प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा तथा बालबालिकाहरूको हितमा विभिन्न काम गर्दै आएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक तथा कर्मचारी, विद्यालयका शिक्षक तथा पदाकारीहरूको उपस्थिति रहेको थियो ।
सहयोगले विद्यार्थीहरूमा शिक्षाप्रति थप उर्जा ल्याउन मद्दत पुग्ने बैंकको विश्वास रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij