Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

रुखमा तारले बाँधेर जलाएको अवस्थामा एक युवक मृत भेटिए

रुखमा तारले बाँधेर जलाएको अवस्थामा एक युवक मृत भेटिए

  • काठमाडौं । काभ्रेमा रूखमा बाँधेर जलाएको अवस्थामा एक युवक मृत भेटिएका छन् । पाँचखाल नगरपालिका-४ मा अवस्थित फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति तल बिराजे खोल्चामा युवक मृत अवस्थामा भेटिएका हुन् ।

    images
    images
    images

    युवकको मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शुक्रबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    करिब २५ वर्षीय मृतक युवकको पहिचान भने खुल्न सकेको छैन । युवकको २०/२५ दिनअघि नै हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

    अहिले कुकुरसहितको टोली गएर अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij