Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

भालुलाई हानेको गोली लागेर सेनाका जवान घाइते

भालुलाई हानेको गोली लागेर सेनाका जवान घाइते

  • काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गस्ती गर्न गएको एक नेपाली सैनिक आफ्नै साथीले हानेको गोली लागेर घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    गस्तीका क्रममा भालुले आक्रमण गरेपछि जोगिन हानेको गोली सैनिक जवानलाई लागेको हो । निकुञ्जको सौराहा क्षेत्रमा रहेको नयाँ गोरख गणबाट गएको नेपाली सेनाको टोलीका कमाण्डर हवल्दार लक्ष्मणकुमार थापालाई भालुले आक्रमण गरेको थियो ।

    AGNI GROUP

    हवल्दार थापालाई जोगाउन उनकै टीमका सैनिकले हानेको गोली भालुलाई छेडेर अर्का सैनिक जवान २३ वर्षका प्यूठ कुन्दन सिंहलाई लागेपछि उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।

    घाइते सैनिक सिंहको खुट्टामा गोली लागेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

    भालुले आक्रमण गरेका हवल्दार थापा भने सामान्य घाइते छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट