Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

  • काठमाडौं । सिरहामा छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन् । प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका-५ घर भई लहान नगरपालिका-१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार गत मंगलबार बिहानदेखि सरिताकुमारीको ५ वर्षीय छोरा आयुश बेपत्ता भएका थिए ।

    उनै सरिताकुमारीले छिमेकीसँग आफ्नो छोरो हराएको बताएकी थिइन् । छिमेकीहरूसमेत मिलेर खोज्दा आयुशलाई भेटिएनन् ।

    त्यसपछि प्रहरीलाई उनैले छोरो हराएको भन्दै खोजी दिन आग्रह गरिन् । प्रहरीलाई सुरुमै सरिताकुमारी माथि नै शंका लागेको थियो । सोही शंकाको आधारमा उनकै घरबाट प्रहरीले खोजी कार्य सुरू गरेको थियो ।

    खोजी गर्दा सरिताकुमारी सुत्ने कोठामै आयुश मृत भेटिएको डिएसपी सापकोटाले जानकारी दिए । खाटको घर्राभित्र आयुश मृत अवस्थामा भेटिएको हो । त्यसपछि प्रहरीले सरिताकुमारीलाई पक्राउ गरेको हो ।

    बयानमा उनले छोराको हत्या गरेको स्वीकार गरेको डिएसपी सापकोटाले बताए । सरिताकुमारीविरूद्ध कर्तव्य ज्यान मुद्दामा सिराहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij