
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । कार दुर्घटना हुँदा एक जना पूर्व वडा अध्यक्षको मृत्यु भएको भने एक जना गम्भिर घाईते भएका छन । मंगलबार जिल्लाको पूर्व तर्फ रहेको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ भुमाडीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि अमरगढी नगरपालिका-७ का पूर्व वडा अध्यक्ष केशव भट्टराईको घटना स्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सोही ठाउँका चेतराज भट्टराई (रोचन) घाइते भएका छन । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
डडेल्धुरा अस्पतालका हाडजोर्नी बिषेसज्ञ डा.नविन खड्काका अनुसार घाइतेको अवस्था पनि गम्भीर छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
मृतक भट्टराई २०५४ सालको निर्वाचनमा अमरगढी नगरपालिका-७ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij