
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्र प्रहरीका एक निरीक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण हेक्वा डोटीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक प्रकाशबहादुर चन्दविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।
चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल ऐण्ड इण्टरमीडिएट एजुकेशन यु.पी.बाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिई त्यसपश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेस गरेको आयोगले जनाएको छ ।
आरोपपत्रमा कैद र जरिवाना माग गरेको आयोगले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij