Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

पार्टीको जिम्मेवारीबाट अलग भएको उपाध्यक्ष घिमिरेले गरिन् घोषणा

पार्टीको जिम्मेवारीबाट अलग भएको उपाध्यक्ष घिमिरेले गरिन् घोषणा

  • काठमाडौं । पार्टीका जिम्मेवारीबाट राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले अलग भएको घोषणा गरेकी छन् । गत चैत्र २८ गते विगत चार वर्षदेखि सदस्यको रूपमा कार्यरत रही घिमिरे उपाध्यक्षको पदमा निर्वाचित भएकी थिइन् ।

    images
    images
    images

    उनले भनेकी छन्, ‘राष्ट्रिय सभामा उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेपछि सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै म पार्टीका सबै जिम्मेवारीबाट अलग भएको ब्यहोरा जानकारी गराउन चाहन्छु । म राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानुनहरू र राष्ट्रिय सभा नियमावलीले निर्देशित कार्यहरू तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिज्ञा आम सञ्चारमार्फत सबैमा जानकारी गराउन चाहन्छु ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij