Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन

  • काठमाडौं । पूर्वमुख्यसचिव एवमु नेपाल कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यको निधन भएको छ । ८१ वर्षका शाक्यको क्यान्सर  रोगको उपचारका क्रममा बुधबार बिहान ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।  

    images
    images
    images

    उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किका थिए । नेपालको कानुनको मस्यौदा कार्यमा उनको दख्खल थियो । उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भए ।

    images

    लोकसेवा आयोगको अध्यक्ष हुँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए । शाक्यका दुई छोरी र दुई छोरा छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij