
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । बुधबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च रहेको छ । मंगलबारको तुलनामा डलरको मूल्य १३ पैसाले बढेर रेकर्ड बनाएको हो ।
बुधबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।
यूरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ४५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ ८० पैसा रहेको छ ।
त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij