
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ ।
निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको उनको मंगलबार दिउँसो निधन भएको हो ।
उनको नातेदार प्रज्वल पंगेनीले निधनको पुष्टि गरे ।
प्रकट कविता, गीतसहित शृंगारिक गजलमार्फत् प्रख्यात थिए । शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो ।
उनका कविता, गजलका किताब प्रकाशित छन् । ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij