Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

लागु औषध कारोबारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

लागु औषध कारोबारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

  • काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा लागु औषध कारोबारमा संलग्न दुर्गासिंह तामाङ उर्फ मनिषविरुद्ध मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    images
    images
    images

    प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले उनलाई पक्राउ गरेर २०७७ साल चैत २४ मा सम्पत्ति शुद्धीकरणतर्फ अनुसन्धान गर्न उनलाई विभागमा पठाएको थियो ।

    पक्राउ पर्दा बरामद गरिएको २३ लाख रकम र बैंक खाताबारे अनुसन्धान गर्दा तामाङ लागुऔषध कारोबार गरेर प्राप्त सम्पत्ति शुद्धीकरण गर्न मनसायले कसुर गरेको विभागको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध विभागले ४० लाख ७ हजार बिगो कायम गरेर सो रकमको दोब्बर जरिवाना तथा घरजग्गा र बैंक खाताको रकम जफत गर्न मागदावी लिएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij