
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको पुनरावेदनमाथिको सुनुवाइ सुरु भएको छ । पाटन उच्च अदालतमा न्यायाधीशहरु मुनेन्द्र प्रसाद अवस्थी र दुगाएप्रसाद ढुंगेलको संयुक्त इजलासमा सोमबार सुनुवाइ सुरु भएको हो ।
यो मुद्दामा आजै फैसला आउन सक्ने बताइएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि सन्दीप उच्च अदालत पुगेका हुन् । लामिछानेलाई १३ पुसमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij