
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । उनीहरुबीच उपनिर्वाचन र समसामयिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
बैशाख १५ गते प्रतिनिधि सभा सदस्यतर्फ इलाम-१ र प्रदेश सभा सदस्यतर्फ बझाङ-१ (१)मा उपनिर्वाचन हुँदैछ ।
एकीकृत समाजवादीले सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिन नसकिने अडान राखेपछि सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको हो ।
सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सहमति नभए विश्वासको मत नदिने अडान राखेर बार्गेनिङ गरिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij