
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । सुनकोसीमा डुबेका सबै ३ जना बालबालिको शव फेला परेको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ता भएकामध्ये मंगलबार धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल ९ वर्षीय रिदम मगरको शव फेला परेको थियो ।
बुधबार बिहान रुद्र बहादुर मगरकी छोरी १२ वर्षीया रेखा मगर र मेहरमान मगरको १२ वर्षीय छोरा लोकबहादुर मगरको शव फेला परेको हो ।
आइतबार साउनेबाट कोशीमा पौडी खेल्न गएका उनीहरु सुनकोसीमा बेपत्ता भएका थिए । सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलका अनुसार शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij