
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्षको शपथ ग्रहण साढे ४ बजे हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा अध्यक्षलाई शपथ खुवाउने छन् ।
मंगलबार सम्पन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।
राष्ट्रियसभा अध्यक्षमा दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ जना सांसदहरूले मतदान गरे भने विपक्षमा १७ सांसद उभिएका थिए ।
साथै, तीनवटा प्रदेशमा नयाँ प्रमुख नियुक्तिका लागि सिफारिस भएकाहरुले पनि मंगलबार नै शपथ लिने भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij