Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

मिटरब्याज पीडित: पैसा नहुँदा घर फर्किन पनि पाएनन्

मिटरब्याज पीडित: पैसा नहुँदा घर फर्किन पनि पाएनन्

  • काठमाडौं । काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितमध्ये कम्तीमा दुई सय जनालाई घर फर्किनसमेत समस्या भएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अनुसार, प्रदर्शनरत ७ सय जना पीडितमध्ये आधाभन्दा बढी मंगलबारसम्ममा फर्किसकेका छन् ।

    images
    images
    images

    तर, कम्तीमा दुई सय जनालाई घर फर्किन भाडा तिर्ने पैसा समेत नभएपछि भृकुटीमण्डपमै रहेको संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए ।

    सरकारले सोमबार राति सिंहदरबारमा मिटरब्याज पीडितसँग चार बुँदे सहमति गरेको थियो । सहमति अनुसार, नयाँ जाँचबुझ आयोग बन्नेछ, त्यसले अवैध रुपमा तयार गरिएका तमसुकहरु खारेज गर्न सिफारिस समेत गर्ने उल्लेख गरिएको छ ।

    तर, सहमति भइसकेपछि पनि दुई सय जना अझै भृकुटीमण्डपमै छन् । ‘साँझसम्ममा व्यवस्थापन हुन्छ होला, अहिलेलाई पैसा म्यानेज भएकाहरु जति फर्किनुभयो’, निर्गले भने, ‘अरुलाई व्यवस्थापन गर्न प्रयास गरिरहेका छौं ।’

    आफूहरुको समस्या समाधान नभएको भन्दै १६ माघमा पूर्वमा काँकडभिट्टाबाट अवधेश कुशवाह र पश्चिममा निर्ग नवीनको नेतृत्वमा मिटरब्याज पीडितहरु २३ दिन पैदल हिँडेर काठमाडौं आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij