
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बर्खास्त गरेका छन् ।
बुधबार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् । केन्द्रमा माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसहितका दलहरुसँग गठबन्धन गरेपछि प्रदेशमा कांग्रेसको नेतृत्वमा बनेको सरकारबाट माओवादीका मन्त्रीहरु बर्खास्त भइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij