
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । मुस्ताङमा एक भारतीय पर्यटकको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रानीपौवामा भारतको गुजरातका ५७ वर्षीय भूपेन्द्रभाइ पटेलको लेक लागेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार मुक्तिनाथ जाने क्रममा लेक लागेर बिरामी भएका पटेललाई प्रहरीले उपचारका लागि जोमसोम अस्पताल पु¥याएको थियो । उनलाई अस्पताल ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
पटेल साथी र आफन्तसँगै मुक्तिनाथ दर्शनका लागि आएका थिए । प्रहरी निरीक्षक मिलन विकको टोलीले उनको उद्धार गरी जोमसोम लगेको थियो । मुक्तिनाथ आसपासको क्षेत्रमा शनिबारदेखि हिमपातसँगै चिसो बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij