
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक जग्गा अतिक्रमण वा दुरुपयोग भएको जानकारी भएमा सो को जानकारी उपलब्ध गराइदिन आग्रह गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै प्रशासनले त्यस्तो सूचना र प्रमाण वा विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो ।
देशका विभिन्न भागमा सरकारी जग्गा अतिक्रमण गरी दर्ता गरिएको, अनधिकृत भोग चलन गरेको लगायतका उजुरी परेको र त्यस्तो भएको पाइएमा दर्ता गर्ने र भोग चलन गर्नेलाई कानुनी कारबाही गरी जग्गा सरकारकै नाममा ल्याउने प्रयोजनका लागि त्यस्तो सूचना दिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आग्रह गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij