
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । वर्षाका कारण टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्स र नामिबियाबीचको खेल प्रभावित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले ब्याटिङ गर्दैगर्दा पानी परेपछि खेल रोकिएको हो ।खेल रोकिनुअघि नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९८ रन बनाएको छ ।
नामिबियाका लागि जान निकोल लफ्टी एटन ३४ र जेन ग्रीन ११ रनमा अविजित छन् । नेदरल्याण्ड्सका लागि भने भियिन किङ्मा, टीम भान देर गुग्टेन, आर्यन दत्त र रोइलोफ भान देर मर्वीले १–१ विकेट लिए ।
टस जितेर नेदरल्याण्ड्सले बलिङ रोजेको हो । त्रि-देशीय क्रिकेटमा नेपालले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ । आजको खेलले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ ।
डच टोली ४ अंकमा शीर्ष स्थानमा छ भने नामिबियाको २ अंक छ । नेदरल्याण्ड विजयी भए ६ अंकमा शीर्षस्थानमा रहँदै फाइनल पुग्नेछ भने नामिबियालाई फाइनल पुग्न फराकिलो जीत आवश्यक पर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij