
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । उच्च अदालत पाटनले राजस्व छली मुद्दामा दोषी ठहर्याएका दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरोले चितवनको भरतपुरबाट धादिङकी २९ वर्षीया कुमारी गुरुङ र पर्साका ४१ वर्षीय प्रदीपकुमार गुप्तालाई पक्राउ गरेको हो ।
उनीहरूले न्यु समीक्षा सप्लार्यस नामको फर्म दर्ता गरी नक्कली कर बिजक बनाइ राजस्व छली गरेका थिए ।
विसं २०७९ भदौ २५ गते सोही विषयमा परेको मुद्दामा उच्च अदालत पाटनले कुमारी र प्रदीपलाई दोषी ठहर्याएको थियो । अदालतले उनीहरूलाई एक-एक वर्षको कैद र जनही १२ करोड १० लाख ३६ हजार ५३० रुपैयाँ जरिवाना असुल्न आदेश दिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij