
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । प्रहरीले मिटरब्याज पीडितहरुलाई भृकुटीमण्डपबाट हटाउने तयारी गरेपछि सरकारसँगको वार्ता अन्योलमा परेको छ ।
समाज कल्याण परिषद्ले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई भृकुटीमण्डप खाली गराउन पत्र लेखेपछि प्रहरीले मिटरब्याज पीडितहरुलाई त्यहाँबाट हटाउने तयारी गरिरहेको छ । प्रहरीले हटाउने तयारी गरेसँगै वार्ता अन्योलमा परेको मिटरब्याज पीडितका अगुवा नीर्ग नविनले जानकारी दिए ।
केही दिनमा परिषद्ले भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ । सोहीकारण मिटरब्याज पीडितहरुलाई हटाउन लागिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij