Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

एम्बुलेन्सबाटै गाँजा तस्करी

एम्बुलेन्सबाटै गाँजा तस्करी

  • काठमाडौं । एम्बुलेन्सबाट सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीले गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोलेको कमाण्डमा खटिएको टोलीले एम्बुलेन्सबाट २७३.१३० किलोग्राम गाँजा बरामद गरेको हो ।

    images
    images
    images

    सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतराबाट सूर्यकुण्डतर्फ जाने भित्री सडक खण्डमा शंकास्पद अवस्थामा रोकी राखेको GIFTED BY GOVERNMENT OF INDIA Q.G.E. REGIMENTAL ASSOCIATION NEPAL लेखेको को १ च २९३७ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा ९ वटा पोकामा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारेको हो ।

    सो एम्बुलेन्स र गाँजा थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हे.क्वा.सुनसरीका गणपति समेनन्द बज्राचार्यले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij