
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा.प्रमोद जोशीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा.जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गर्न निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
हाल गेटा अस्पतालमा प्रमुखको रूपमा कार्यरत डा.जोशी वरिष्ठ हाड जोर्नी विशेषज्ञ हुन् । परिषद्का सदस्यको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो ।
डा.जोशी नेपाल चिकित्सक सङ्घका कोषाध्यक्षसमेत रहेका डा जोशीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी समेत निभाइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij