काठमाडौं । प्रहरीले सिराहाबाट पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । औरही गाउँपालिका–४ कमलपुर घर भएका २० वर्षीय सरोजकुमार यादवको साथबाट कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी रबिन्द्रराज पाण्डेले जानकारी दिए ।
सिराहा नगरपालिका– ७ स्थित सल्हेश मन्दिर नजिकै २२ वर्षीय सञ्जीतकुमार यादव र उनकी बहिनी सञ्जीता यादव बस्ने डेरामा गएर सरोजले विवाद गरेका थिए । विवादपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
विवादमा संलग्न सरोजकुमार यादवलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा पेस्तोल फेला परेको डीएसपी पाण्डेले जानकारी दिए । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।