
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । प्रहरी वृत्त बानेश्वरका अनुसार आइतबार दिउँसो करिब २ बजेतिर आगलागी भएको जनाएको छ ।
आगलागी अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। केही सामानहरूमा क्षति पुगेको छ । पूर्ण क्षति विवरण आइसकेको छैन ।
आगलागी कसरी भएको भन्ने खुलेको छैन । आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकल प्रयोग भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij