
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडा र नेपालबीच खेल चलिरहँदा समर्थकले सन्दीप लामिछानेको पक्षमा नारा लगाएका छन् ।
क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलको ४० औं ओभर चलिरहँदा उपस्थित समर्थकले ‘सन्दीप चाहियो’ भन्दै नारा लगाएका हुन् ।समर्थकले चर्को नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा केहिबेर प्रहरी र समर्थकबीच घम्साघम्सी भएको थियो ।
साथै,नाराबाजी रोक्ने प्रयास असफल भएपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाउने दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई मैदानबाट निकालेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij