
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ओपनर आसिफ शेख ८ रनमा आउट भएका हुन् । आसिफ शेखलाई उदय भागवानले आउट गरे । नेपालले १० ओभरमा १ विकेटको क्षतिमा ५३ रन बनाएको छ ।
अहिले कुशल भूर्तेल र कप्तान रोहित कुमार पौडेलले ब्याटिङ गरिरहेका छन् । नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।
यस्तै, बायाँ हातेर स्पिनर सूर्य तामाङ र बाँया हाते तीव्र गतिका बलर रिजन ढकाललेराष्ट्रिय सिनियर टोलीमा डेब्यू गर्ने भएका छन् । सूर्य राष्ट्रिय टोलीमा डेब्यू गर्ने ३८ औं र रिजन ३९ औं खेलाडी बनेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij