काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउँद आज अस्ट्रेलिया जाँदैछन् ।
माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा,अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउँद अष्ट्रेलिया जान लागेका हुन् ।
यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा मन्त्री साउँदले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।