Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

होटेलको पाँचौँ तलाबाट खसेर इन्जिनियरको मृत्यु

होटेलको पाँचौँ तलाबाट खसेर इन्जिनियरको मृत्यु

  • काठमाडौं । पोखरामा निर्माणाधीन होटेलको छतबाट खसेर इन्जिनियरको मृत्यु भएको छ । ३७ वर्षका इन्जिनियर प्रवीण भट्टराईको मङ्गलवार लेक साइडमा निर्माण भइरहेको घरबाट खसेर  मृत्यु भएको हो ।

    images
    images
    images

    चिनीमाया भण्डारीको होटेलको पाँचौँ तलाबाट सोलार चेकजाँच गर्ने क्रममा अचानक चिप्लिएर उनी खसेका थिए । गम्भीर घाइते भट्टराईको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उनी न्युरोडस्थित मुक्ति इनर्जीबाट त्यहाँ खटिएका थिए । उनको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको वैदाम प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij