Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

न्यायका लागि मिटरब्याज पीडितले फेरि काठमाण्डौसम्म पैदलयात्रा गर्ने

न्यायका लागि मिटरब्याज पीडितले फेरि काठमाण्डौसम्म पैदलयात्रा गर्ने

  • काठमाडौं । मिटरब्याज पीडितले न्यायका लागि फेरि काठमाण्डौसम्म पैदलमार्च गर्ने भएका छन् । आज झापाको काँकडभिट्टामा पत्रकार सम्मेलन गरी उनीहरुले पैदलमार्च गर्न लागेको जानकारी गराएका हुन् ।

    images
    images
    images

    मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समिति, नेपालका अध्यक्ष अवधेश कुशवाहाले भोलि झापा र कञ्चनपुरबाट एकैसाथ पैदलमार्च गर्ने बताउनुभयो । आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाण्डौको शान्तिवाटिका पुग्न लागेको उहाँले बताउनुभयो ।

    झापाको काँकडभिट्टा र कञ्चरपुरको महेन्द्रनगरबाट एकसाथ पैदलमार्च शुरू गरेर दुवैतर्फको टोली चितवनमा भेट हुनेछ । चितवनबाट संयुक्त रुपमा काठमाण्डौ छिर्ने कार्यक्रम रहेको कुशवाहाले बताउनुभयो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij