
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । गएराति काभ्रेको बनेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७० प ३७७९ नम्बरको मोटरसाइकल बनेपा नगरपालिका–७ धनेश्वर पुलमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बनेपा-८ बस्ने २३ वर्षीय सरोज श्रेष्ठको उपचारको क्रममा सिर मेमोरियल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij