
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्रकर्मीको दक्षता अभिवृद्धिका लागि अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बुधबार बोर्डको वेबसाइटमार्फत एक सूचना जारी गर्दै १५ दिनभित्र आवेदन माग गरिएको छ ।
बोर्डको चालु आ.ब. २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुँदैछ । कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरेर माघ २५ गतेसम्ममा बोर्डको कार्यालयमा इमेलमार्फत आवेदन दिनुपर्नेछ ।
कार्यशालाबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij