
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । नवनियुक्त पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई सो पदको हैसियत कोषमा काम गर्न अदालतले रोक लगाएको छ । उच्च अदालत पाटनले पुनलाई तत्काल कामकाज नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो ।
पाटन अदालतले कार्यकारी निर्देशक हुन आवश्यक योग्यता पुनसँग प्रथम दृष्टिमै नरहेको पाइएको आदेशमा उल्लेख गरेको छ ।
‘आदेशमा भनिएको छ-‘विपक्षी लक्ष्मी पुनको व्यक्तिगत विवरणमा उल्लेखित योग्यता र अनुभव सो नियमावलीमा भएको माथि उल्लेखित योग्यता र अनुभवसँग प्रथम दृष्टिमा नै तादात्म्यता रहेको देखिएन’,
पुनको नियुक्तविरुद्ध भरत मरासिनीले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij