Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल आयल निगम ऋण मुक्त: निर्देशक शाह

नेपाल आयल निगम ऋण मुक्त: निर्देशक शाह

  • काठमाडौं । नेपाल आयल निगम ऋण मुक्त भएको छ । तर निगमले मूल्य स्थिरीकरण कोषको २१ अर्ब रूपैयाँ भने फिर्ता गर्न बाँकी छ ।

    onlinepatrika
    Arghakhachi

    बढ्दो घाटाका कारण निगमले मूल्य स्थिरीकरण कोषमा जम्मा भएको २१ अर्ब रूपैयाँ झिकेर इंडियन आयल कर्पोरेसन (आइओसी) लाई बक्यौता तिरेको थियो ।

    AGNI GROUP

    निगमले आइओसीसँग तेल किनेर आन्तरिक बजारमा बिक्री वितरण गर्छ । घाटा बढ्दै गएपछि निगमले मूल्य स्थिरीकरण कोषको पैसाले नपुगेर सरकारसँग समेत सात अर्ब रूपैयाँ ऋण लिएको थियो ।

    सरकारको ऋण पाँच वर्षमा १० किस्ताको दरले भुक्तानी गर्ने शर्तमा लिए पनि निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटेपछि डेढ वर्षमै तिर्न सफल भएको छ ।तर मूल्य स्थिरीकरण कोषको रकम भने अझै तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

    हामी ऋण मुक्त भएका छौं,' निगमको ५४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहले भने, 'अब आन्तरिक दायित्व बाँकी छ।' 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट