Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सन्दिपलाई कति होला सजाए ?

सन्दिपलाई कति होला सजाए ?

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सजाय निर्धारणका लागि वहस जारी रहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलास बहस भइरहेको हो । सन्दीप विरुद्ध गौशला–२६ (परिवर्तित नाम) ले बलात्कार मुद्दा दायर गरेकी थिईन् । सन्दीप उक्त मुद्दामा दोषी ठहर भइसकेका छन् ।

    images
    images
    images

    गौशला–२६ पक्षका कानुन व्यवसायीहरुले उनलाई अधिकतम सजाय हुनुपर्ने जिकिर लिइरहेका छन् भने सन्दीप पक्षका कानुन व्यवसायीहरुले न्युनतम सजाय तोकिनुपर्ने भन्दै वहस गरिरहेका छन् ।

    उनले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीत अपराध गरेको ठहर भएको थियो । उनलाई सोही ऐनका दफा २१९ (३) (ङ) बमोजिम सजाय निर्धारण हुनेछ । उनलाई ७ वर्षदेखि अधिकतम् १० वर्षसम्म सजाय तोकिने छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij