
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौें । काठमाडौंबाट धनगढीका लागि उडेको दुई विमान सुर्खेतमा अवतरण गरिएको छ । प्रतिकूल मौसमका कारण धनगढीको हवाई सेवा प्रभावित हुँदा श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत डाइभर्ट गरिएको हो ।
धनगढीमा बाक्लो हुस्सुका कारण भिजिविलिटी भएपछि अवतरणमा समस्या आएको हो । अवतरण गर्न नसकेपछि श्री एयरलाइन्स विमानलेको धनगढीको आकासमा ४५ फन्को हानेको जनाइएको छ । सुर्खेत विमानस्थलमा अवतरण गरेको विमानले मौसम खुलेपछि धनगढीका लागि उडान गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij