
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।
बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा नेपाल शिक्षक महासंघसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता सांसद सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij