
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । कैलालीको सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन् । घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका ७३ वर्षीय गंगाधर गौतम मृत फेला परेको प्रहरीले जनाएको हो ।
सोही ठाउँमा रहेको शिवशक्ति सामुदायिक वनमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij